sevenstartv.com १ पुष २०८२, मङ्गलवार

इन्डियन प्रिमियर लिग : बेङ्गलुरुले जित्यो पहिलो पटक उपाधि

२१ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै बेङ्गलुरुले पहिलो पटक उपाधि जितेको हो ।

अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा एक सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले ७ विकेट गुमाउँदै एक सय ८४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको बेङ्गलुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।यसअघि अहिलेसम्म ७ टोलीले आईपीएल जितेकोमा बेङ्गलुरु आईपीएलको ८औं च्याम्पियन टिम बनेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्