sevenstartv.com ५ पुष २०८२, शनिवार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१६ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५२ पैसा र बिक्रीदर १३७ रुपियाँ १२ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ०७ पैसा र बिक्रीदर १५४ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ८६ पैसा र बिक्रीदर १८४ रुपियाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ९६ पैसा र बिक्रीदर १६५ रुपियाँ ६८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८७ पैसा र बिक्रीदर ८८ रुपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ७० पैसा र बिक्रीदर ९९ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८४ पैसा र बिक्रीदर १०६ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६२ पैसा कायम भएको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्