यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ २४ पैसा र बिक्रीदर १३६ रुपियाँ ८४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५७ पैसा र बिक्रीदर १५५ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ५६ पैसा र बिक्रीदर १८५ रुपियाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ७० पैसा र बिक्रीदर १६५ रुपियाँ ४३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८४ पैसा र बिक्रीदर ८८ रुपियाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ९७ पैसा र बिक्रीदर ९९ रुपियाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८० पैसा र बिक्रीदर १०६ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९३ पैसा र बिक्रीदर १९ रुपियाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३२ पैसा र बिक्रीदर ३६ रुपियाँ ४८ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३८ पैसा र बिक्रीदर ३७ रुपियाँ ५५ पैसा कायम भएको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

.gif)