sevenstartv.com ५ पुष २०८२, शनिवार

निकासी पैठारी विधेयकमा प्रविधिलाई समेट्नुपर्छ : गोविन्दबहादुर कार्की

१२ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले निकासी पैठारी (नियमन) विधेयकमा प्रविधिलाई समेत समेट्नुपर्ने बताएका छन् ।  सोमबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव कार्कीले यस्तो बताएका हुन् । 

बैठकमा सांसदहरुले निकासी पैठारी विधेयकमा प्रविधिबारे सरकार मौन रहेको भन्दै प्रश्न गरेका थिए । सचिव कार्कीले प्रविधि पनि व्यापारको स्वरुप भएको उल्लेख गर्दै यस क्षेत्रलाई समेत ऐनमा समेटेर अघि बढ्ने बताए ।  उनले कानूनलाई थप प्रष्ट पार्नको लागि सरकारलाई नियमावलीमार्फत व्यवस्था गर्ने अधिकार प्रत्योजन गरिएको समेत बताएका छन् ।

कुनैपनि ऐनमा सरकारलाई नियमावली बनाउने छुट दिनु कार्यपालिकालाई व्यवस्थापिकाबाट अधिकार प्रत्यायोजन गर्नु भएको उनको बुझाइ छ । उनले अवैध निकासी र पैठारीका विषयहरू पहिले नै भन्सार ऐनले सम्बोधन गरिसकेको उल्लेख गर्दै निकासी पैठारी विधेयकलाई वस्तु र सेवाको आयात–निर्यातमा केन्द्रित गर्न जरुरी रहेको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्