यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ६२ पैसा र बिक्रीदर १५५ रुपियाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८४ रुपियाँ १८ पैसा र बिक्रीदर १८४ रुपियाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपियाँ ६४ पैसा र बिक्रीदर १६६ रुपियाँ ३७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ३६ पैसा र बिक्रीदर ८८ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ०२ पैसा र बिक्रीदर ९९ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ९३ पैसा र बिक्रीदर १०६ रुपियाँ ४० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २७ पैसा र बिक्रीदर ३६ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा कायम भएको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

.gif)