आजदेखि पोखरामा प्रधानमन्त्री कप राष्ट्रिय भलिबल सुरु हुँदै
काठमाडौं । पोखरमा आजदेखि प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग सुरु हुने भएको छ । उद्घाटन खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँग खेल्नेछ ।
महिलातर्फको यो खेल पोखरा रंगशालास्थित बहुउद्देसीय कभर्डहलमा बिहान ८ बजे सुरु हुनेछ । आजै बिहान १० बजे सुरु हुने दोस्रो खेलमा एभरेस्ट भलिबल क्लब बुटवल र विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी पहिलो दिन पुरुषतर्फ चार खेल हुनेछन् । बिहान १२ बजे एपीएफले सुदूरपश्चिम प्रदेश स्पोर्ट काउन्सिलसँग खेल्दा टिपटप हेल्प नेपालले अर्को विभागीय टोली त्रिभुवन आर्मीसँग २ बजे खेल्नेछ ।
यसैगरी गण्डकी प्रदेश भलिबल एशोसिएसनले कोशी प्रदेश खेलकुद काउन्सिलसँग ४ बजे खेल्ने तालिका छ । आजको अन्तिम खेलमा मुलपानी भलिबल क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन् ।

.gif)