प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
काठमाडौं । पोखरामा जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप-एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक काठमाडौं बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ ।खेलस्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको जनाइएको छ । प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने छ ।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहने छ । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फका उपाधि विजेता टोलीले आठ लाखका दरले पुरस्कार पाउनेछन् ।
यसैगरी उपविजेता टोलीले चाररचार लाख तथा तृतीय हुने टोलीले दुईरदुई लाख रुपैयाँका दरले पुरस्कार पाउने जनाइएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही ५० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

.gif)