sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले आज जवाफ दिँदै

६ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।