स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह
काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनलाई बढी प्रयोग गर्न आग्रह गरेका छन् ।
सोमबार ललितपुरमा सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा २२ २२ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन हुने गरेको भन्दै स्वदेशी उत्पादनको बढी प्रयोग गर्नुपर्ने बताए ।
उनले स्वदेशी उत्पादनको प्रयोग बढी गर्दा आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न सकिने बताएका छन् । स्वदेशी उत्पादनको प्रयोग बढाउनसके अर्थतन्त्रलाई पनि सही दिशामा लैजान सकिने र आयातलाई नियन्त्रण गर्न सकिने बताए ।








