sevenstartv.com १६ असार २०८३, मङ्गलवार

संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै महेश बर्तौलाकाे आपत्ति

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सचेतक बर्तौलाले संसदको तेजोबध गर्नेगरि संसद नीरश रहेको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका हुन् । उनले जनतामा निराशाको सञ्चार बढिरहेपनि सरकार भने निराशालाई आशामा परिणत गर्न लागिरहेको बताए । 

उनले नागरिकको भरोसा टुटाउनेगरि प्रायोजित अभिव्यक्ति दिइएको आरोपसमेत लगाए । दुई राजनीतिक दल मिलेर बनेको सरकारले काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै आपूm सत्तामा भएको भए जादुगरले जसरी काम गर्छु भनेर भ्रम फैलाइएको उनको भनाइ थियो ।