sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसद्हरुको आक्रोश

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सगरमाथा संवादमा सम्बन्धित संसदीय समितिका सदस्यहरुलाई उपस्थिति नगराइएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा सांसद्हरुले सगरमाथा संवादमा सम्बन्धित समितिका सदस्यहरुलाई नबोलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

समितिका तीन जना सदस्यहरुलाई बोलाइएको जानकारी सभापति कुसुमदेवी थापाले दिएसँगै उनीहरुले सभापति थापाले आफूलाई मनपर्नेलाई बोलाएर संवादमा सहभागी जनाएको बताए । 

समितिको बैठकमा नेकपा एमाले सांसद् सरस्वती सुब्बाले एउटा प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सगरमाथा संवादका लागि हकदार समिति हुँदा पनि किन तीन जना सांसदहरुलाई मात्रै बोलाएको भन्दै आपत्ति जनाए । 

उनले सगरमाथा संवादका लागि अर्को हकदार समिति पूर्वाधार विकास समिति भएपनि त्यहाँबाट समेत सांसद्हरु नबोलाइएको गुनासो गरेका छन् ।