sevenstartv.com ५ पुष २०८२, शनिवार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ १४ पैसा र बिक्रीदर १३६ रुपियाँ ७४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १६३ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०५ रूपैयाँ ३४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैङ्कले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९० पैसा र बिक्रीदर १८ रूपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३० पैसा र बिक्रीदर ३६ रूपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५१ पैसा तोकेको छ ।\

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४४ पैसा र बिक्रीदर १७ रूपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ७३ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १९ पैसा रहेको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्