sevenstartv.com ५ पुष २०८२, शनिवार

नेप्से १४ अंकले ओरालो, नौ अर्ब ६३ करोड बराबरको सेयर कारोबार

३० वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबारको कारोबारमा पनि घटेको छ ।  

मंगलबार परिसूचक १४.८७ अंकले घट्दै २,६३४।२३ विन्दुमा झरेको हो ।सूचक ०.५६ प्रतिशतले घट्दा कुल कारोबार रकम नौ अर्ब ६३ करोड ४८ लाख रुपैयाँभन्दा बढी भएको छ ।

 यसदिन दुई करोड १२ लाख ८२ हजार २३१ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा रहेका कम्पनीमध्ये ७७ कम्पनीको मूल्य बढेको छ । १६८ कम्पनीको घटेको र एक कम्पनीको मूल्य स्थिर देखिएको छ ।

उच्च कारोबार भएका कम्पनीहरूमा ङादी, नेपाल माइक्रो फाइनान्स, सानिमा माई हाइड्रो र राधी विद्युत् लगायत कम्पनी रहेका छन् । यी कम्पनीहरूको कारोबार क्रमशः पाँच करोड २९ लाख, पाँच करोड १२ लाख, चार करोड ७१ लाख र चार करोड ६२ लाख रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्