sevenstartv.com ५ पुष २०८२, शनिवार

नौ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रियो

२९ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सआप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई आठ अर्ब ७४ करोड पुगेको छ । 

अघिल्लो वर्ष सोही प्रकृतिको आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर)  १३ खर्ब एक अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ७४ अर्ब ५४ करोड थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४९ हजार ६५२ छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्