sevenstartv.com २४ मंसिर २०८२, बुधवार

ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

२८ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं ।  मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईनखोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा बन्द भएको छ ।

चितवन प्रहरीका अनुसार कोइला बोकेर वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३-००१ ख ९८१७ नम्बरको ट्रक आइतबार बिहान ७ बजे पल्टिएको हो । ट्रक अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको छ । 

 बाटो खुलाउन इलाका प्रहरी कार्यालय मुग्लिनबाट टोली खटिएको चितवन प्रहरीले जनाएको छ।
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्