राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।








