sevenstartv.com १ पुष २०८२, मङ्गलवार

महिला टी-२० विश्वकप एसिया छनोट : नेपालसँग बहराइन पराजित

२७ वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालसँग बहराइन पराजित भएको छ । 

तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको हो । वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा सम्झना खड्का १३ रनमा तथा कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहे । टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । कप्तान दिपिका रंगासिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन् ।

बहराइनले सुरुवात सुस्त गरेपनि कप्तान दिपिकाको आक्रमक ब्याटिङमा ५ ओभरमा चुनौतीपूर्ण योगफल खडा गर्न सफल भएको थियो । यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो । नेपाल र हङकङले १(१ अंक बाँडे ।

नेपालले मंगलबार हङकङसँग खेल्ने छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्