sevenstartv.com २७ मंसिर २०८२, शनिवार

भारत र पाकिस्तानको शेयर बजारमा पहिरो

२६ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारतसँग युद्धको तनाव चुलिएसँगै पाकिस्तानको शेयर बजारमा पहिरो गएको छ ।

 बिहीबार पाकिस्तानी शेयर बजार ६ प्रतिशतले ओरालो लाग्यो । भारतीय बजारमा पनि भारी गिरावट देखिएको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण बिहीबार दुवै देशका शेयर बजार भारी गिरावटसहित बन्द भएका हुन् ।

भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा करिब आधा प्रतिशतको गिरावट दर्ज गरिएको छ । उता, पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्तामा त्रास फैलिएको देखियो । त्यहाँ भारी बिक्रीको दबाब परेको छ ।

यता भारतीय रुपियाँ अमेरिकी डलरसँग तुलना गर्दा एक प्रतिशतभन्दा बढीले कमजोर भएको छ । पाकिस्तानी रुपियाँमा पनि गिरावट आएको छ । दुवै देशका लगानीकर्तामा चिन्ता बढिरहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्