तीनकुनेमा बसले भ्यानलाई- भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौं । तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो ।
बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को इको मारुती भ्यानलाई ठक्कर दिएको थियो । भ्यानले बा प्र०२–०५३ प ३८४७ नम्बरको २२ सीसीको पल्सरलाई ठक्कर दिँएको हो । भ्यानको ठक्करबाट मोटरसाइकल पछाडि बसेकी तामाङको मृत्यु भएको हो ।
मोटरसा चालक रामेछाप दोलम्बा–३का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ । ईभी भ्यान चालक काभ्रे मण्डनदेवपुर–१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवारदोलखा गौरीशंकर गा.पा घर हुने बर्ष २४ की मेनुका बुढाथोकी घाइते भएका छन् । प्रहरीका अनुसार ट्रमा सेन्टरमा उनीहरूको उपचार भइरहेको छ ।
बस चालक, ईभी, मोटरसाइकल र बस प्रहरीले नियन्त्रणमा लिएको छ ।

.gif)