sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ घाइते

२३ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।

सोमबार दिउँसो  धरानबाट  यात्रु बोकेर भोजपुरका लागि छुटेको को१ख २१७७ नम्बरको बस  कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका-११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका-६  का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्