sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

२१ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान रौतहटको चन्द्रपुर नगरपालिका(४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उर्मिला देवी सहनीको मृत्यु भएको हो । 

चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको बा ६ चत ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो । 

मोटरसाइकलमा निजगढ तर्फ जाँदै गरेका गरुडा नगरपालिका ३ मलाही टोलका ६० वर्षीय मोटरसाइकल चालक बलिराम सहनीको घटनास्थलमै मृत्यु भएको र सोही मोटरसाइकलमा सवार रहेकी उनकी छोरी उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

कारका चालक मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका १२ का कुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्