sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु,  ५ घाइते

१९ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  ५ जना घाइते भएका छन् । झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । 

हिजो साँझ चितवनबाट झापातर्फ गइरहेको मे१च ३०४० नम्बरको जीप उदयपुरको कटारी नगरपालिका-६ सोमबारेस्थित मदन भण्डारी मार्गमा दुर्घटना हुँदा  गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते ५ जनाको विराटनगरस्थित न्यूरो अस्पताल उपचार छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्