एमालेले सरकारबारे धेरै चिन्ता गर्दैनः ओली
काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयुबारे भएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित युथ सेलिब्रेसनमा उनले स्थायित्वका लागि कांग्रेससँग मिलेर अघि बढेको बताए । उनले भने, ‘यो संयुक्त सरकार संकल्पसहित बनेको हो । यो स्थिरता र स्थायित्वका लागि बनेको हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ । त्यसैले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं, ०७४ को चुनाव भन्यौं, ७९ को चुनाव भन्यौं अब ०८४ को चुनाव भनिरहेका छौं । त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’
मिसन ८४ एमालेलाई राष्ट्रिय शक्ति बनाउने चुनाव भएको ओलीले जिकिर गरे । आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको भन्दै उनले केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएकाले सचेत हुन आग्रह गरे ।
प्राप्त उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नु पर्ने भन्दै उनले भने, ‘युवाले देश बनाउने संकल्पलाई गर्नुपर्दछ, संकल्पलाई साकार पार्नुपर्दछ ।

.gif)