sevenstartv.com २२ मंसिर २०८२, सोमवार

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक बस्दै

९ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज परीक्षा बोर्डको बैठक बस्ने भएको छ ।

बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने भएको हो ।  परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।

सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्