धवलशमशेर राणा हाजिर जमानीमा रिहा
काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् ।
चैत १५ को प्रदर्शनलाई उत्तेजक बनाउने भूमिका खेलेको कारण उनीलाई राज्यविरुद्धको कसुरमा म्याद थपी कानुनी कारबाही अगाडि बढाइएको थियो । तर स्वास्थ्यका कारण आवश्यक परेका बखत उपस्थित हुने गरी आइतबार राति हाजिर जमानीमा छुटेका हुन् ।
उनलाई पत्नी प्रतिभा राणाको जिम्मामा रिहा गरिएको हो । उनी रिहा भए पनि उनीविरुद्धको मुद्दा विचाराधीन नै रहने छ ।








