कक्षा १२ को परीक्षा स्थगित गरिएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा हालसम्म स्थगित नगरिएको जनाएको छ ।
सामाजिक सञ्जालमा कक्षा-१२ को परीक्षा स्थगित भएको भनी पत्रसहित प्रचारप्रसार हुन थालेपछि बोर्डले विज्ञप्ति जारी गर्दै स्थगित नभएको जानकारी दिएको हो ।
बोर्डले बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान गरी हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।