विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा मन्त्री भट्टराईकाे जोड
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएकी छन् ।
सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा उनले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो विषय रहेको बताएकी हुन् ।
उनले सबैले आशा र प्रतिक्षा गरेको विधेयक भएकाले पनि सबैले समन्वय गरेर छिटो टुंग्याउनुपर्ने बताइन् । उनले ३५ दिनको कार्य योजना बनाएर उपसमितिले काम शुरु गरेकोमा खुशी प्रकट गरेकी छन् ।

.gif)