राजधानीमा सुरक्षा सतर्कता बढाइयो
काठमाडौं । राजधानीमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले छुट्टाछुट्टै प्रदर्शन भएसँगै सुरक्षा सतर्कता बढाइएको छ ।
काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् । दुवैले एक अर्काविरुद्ध प्रदर्शन गर्न लागेका छन् ।
अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ । आन्दोलनका लागि दुवै पक्षले तयारी जारी राखेका छन् ।
आजको जनप्रदर्शनमा समाजवादी मोर्चाले १ लाख बढी मानिसहरू उतार्ने दाबी गरेको छ । आजको जुलुसलाई दुवै पक्षले शक्ति प्रदर्शनको रूपमा लिएका छन् ।








