sevenstartv.com १७ असार २०८३, बुधवार

भृकुटिमण्डपमा समाजवादी मोर्चाको तयारी

१५ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू सम्मीलित समाजवादी मोर्चाले आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ । 

मोर्चाले अहिले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै स्टेज निर्माण गरिरहेको छ । सवारी साधन बिहानैदेखि डाइभर्ट गरिएको छ ।

साथै सडकहरूमा माइकहरुसमेत राखिएको छ । माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक-एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।