इटहरीको सेन्टर प्लाजामा आगलागी : १६ जनाको उद्धार
काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् ।
इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए । आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।
सशस्त्र प्रहरीको नं. १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा खटिएको १०५ जनाको टोलीका साथै नेपाली सेना र नेपाल प्रहरीका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
अझै प्लाजाभित्र ३ जना फसेको देखिएको उद्धारकर्ताहरुको भनाइ छ । उनीहरु उद्धारको पर्खाइमा छन् । आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।

.gif)