sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सरकार विरोधीले तिललाई पहाड बनाउन खोजेको प्रधानमन्त्री ओलीको आरोप

सरुवा बुवा र नियुक्ति सरकारको क्षेत्राधिकारमा रहेकाले आलोचनाको अर्थ नहुने तर्क

१२ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितका साथ काम गरिरहेको बताएका छन् । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेतृसुजता कोइरालाको पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले विद्युुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताएका हुन् ।

उनले इस्यु पायौँ भन्ने हिसावले केही समूहरुले बिरोध सुरु गरिसकेको बताए । आफूले आइडोलोजी नभइ देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको उनको तर्क छ ।