sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे निर्वाचित

१२ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे निर्वाचित भएका छन् ।प्रतिस्पर्धी राजेश राईले उम्मेदवारी नदिने निर्णयपछि पाण्डेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । उनी दुईपटक चौतारीको उपाध्यक्ष भएका थिए ।

राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए, तर नेतृत्वले निर्वाचन हुन दिएनन्, दाबी छाड्नुअघि उनले भावुक सम्बोधन गरेका थिए । उनले सम्बोधन गर्दा प्रतिनिधिको रुवाबासी चलेको थियो ।

निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामा चयन भएका छन् । उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।