sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कुलमानलाई हटाएको विरोधमा अनेरास्ववियुले गर्याे मन्त्रीको पुतलादहन

१२ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरेको छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुतला जलाएको हो ।

विद्यार्थीले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए । पछि प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो ।