कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको मेयर शाहकाे आरोप
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्- यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?
काठमाडौं महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् ।



















