sevenstartv.com २ पुष २०८२, बुधवार

एपीएफ क्लबसँग लुम्बिनी ७ विकेटले पराजित

११ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएको छ ।
लुम्बिनीले दिएको २ सय २४ रनको लक्ष्य एपीएफले ४१ ओभर ५ बलमा ३ विकेट गुमाएर ४९ बलअघि भेटायो ।

यसअघि रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २३ रन बनायो । लुम्बिनीका कप्तान देव खनालले ६३, मृनल गुरुङले ५५ रन बनाए । एपीएफका अमर रौटेला र अभिषेक गौतमले ३÷३ विकेट लिए । 

यो सँगै एपीएफले ८ खेलमा छैटौं जीत हात पारेको छ भने लुम्बिनीले ९ खेलमा ८ अङ्कसहित प्रतियोगिता सकाएको छ । यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भएको खेलमा गण्डकीले मधेश प्रदेशलाई ‘सुपर ओभर’ मा हरायो भने बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको छ । कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले १ विकेट गुमाएर २ सय ६१ बलअघि नै भेटायो । 

बागमतीका ईशान पाण्डेले २२ रन बनाए । कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए । यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले १९ ओभर १ बलमा ५८ रन बनाउँदा सबै विकेट गुमायो । कर्णालीका सुनिल धमलाले सबैभन्दा धेरै १५ रन बनाए । कर्णालीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बागमतीका रिजन ढकालले ५, सूर्य तामाङले ४ विकेट लिए । योसँगै बागमती र कर्णालीले समान ८ खेलमा ४ खेल जित्दै ४ वटामा हार बेहोरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्