sevenstartv.com १६ असार २०८३, मङ्गलवार

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईँ निर्वाचित

११ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईँ निर्वाचित भएका छन् ।

गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा अपाङ्ग संघको अधिवेशन भएको थियो । सोही दिन नै मतदान भए पनि मतगणनामा ढिलाइ हुँदा आज मात्रै नतिजा आएको हो ।

सभापति शेरबहादुर देउवाको निर्देशनमा आजको मत परिणाम अनुसार चम्लागाईँ ३५१ मतसहित निर्वाचित भएका हुन् । त्यस्तै अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेकी हुन् ।

निर्वाचित चम्लागाईँ महामन्त्री गगन थापा, विकास थापा शेखर कोइराला निकट रहेका छन् भने खड्का सभापति देउवा निकट रहेकी हुन् । महाधिवेशनमा कुल ४७० मत खसेको थियो । उपाध्यक्षमा उदयबहादुर लिम्बु र अनिता गैह्रै निर्वाचित भएका छन् । महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भए ।