sevenstartv.com २ पुष २०८२, बुधवार

राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

१० चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । 

चितवनको भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टीमा ४-२ गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । 

निर्धारित अवधिको खेल एक/एकको बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा पुगेको थियो । एपीएफले ट्रफीसहित तीन लाख र आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपीएफले यो वर्ष लिगसहित तीन वटा उपाधि जितेको छ । 

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा भएको प्रतियोगितामा आठ टोली सहभागी थिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्