मन्त्रालय र प्राधिकरणको विवादले नेपालसँग पर्याप्त बिजुली नभएको पुष्टि भएको इप्पान अध्यक्ष कार्कीको भनाई
कानुन स्पष्ट नहुँदा विद्युत उत्पादकलेसास्ती भोग्नुपरेको जिकिर
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ९इप्पान० का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा अयोजित कार्यक्रममा उनले अहिले पनि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणबीचको विवादलाई हेर्दा पनि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताएका हुन् ।
उनले घरमा मात्र नभइ उद्योग क्षेत्रमा पनि पर्याप्त बिजुली दिनका लागि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताएका छन् । उद्योग क्षेत्र र जलविद्युत क्षेत्र चल्नको लागि उत्पादनमा बढी जोड दिनुपर्ने बताए ।
उनले जलविद्युतमा लगानीकर्ताहरु दिनप्रतिदिन बढिरहेको बताए । २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढ्नुपर्नेमा जोड दिएका छन् । जलविद्युत क्षेत्रमा लगानी बढाएर काम गर्नसके नेपालमै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने बताए ।








