प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन् ।
आइतबार राष्ट्रपति भवन, शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।








