शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानून नबनेको भन्दै सरकारसँग जवाफ माग
काठमाडौं । राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रकी सांसद् रेनु चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानून नबनेको भन्दै सरकारसँग जवाफ माग गरेकी छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा उनले शहिद दशरथचन्द सवास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो रु भन्दै प्रश्न गरेकी हुन् ।
उनले राष्ट्रिय सभाले पास गरेर पठाएको लामो समय भइसक्दा समेत विधेयकले कानूनी रुप नलिएको भन्दै सरकारसँग जवाफ माग गरीन् ।








