sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको छ : शरद ओझा

१० चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विमकहरुले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरु एकीकृत रुपमा ल्याइदिन गरेको मागको सम्बोधनका लागि प्राधिकरणले काम गरिरहेको बताएका हुन्  । उनले आफू प्राधिकरणमा आएको केही दिनमौ निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम शुरु गरेको जनाए । 

उनले नियमावलीमा परेका विषयहरुलाई निर्देशनबाट हटाउने र आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम शुरु भइसकेको उल्लेख गरे । उनले दुई महिनाभित्र काम सकिसक्ने र विमकलाई सहजता प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । उनले बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्ने जिकिर गरे ।