नेपाली यू-१९ टोलीले दिल्लीको टोलीसँग शृंखला खेल्ने
काठमाडौं । नेपाली यु-१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारतको प्रान्तीय टोली दिल्ली यु-१९ सँग द्विपक्षीय क्रिकेट श्रृंखला खेल्ने भएको छ ।
नेपालमा आउँदो अप्रिलमा हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप शृंखला हुने भएको हो । श्रृंखला यही चैत १२ देखि १६ गतेसम्म पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा आयोजना हुनेछ ।
तालिकाअनुसार पहिलो खेल चैत १२ मा हुनेछ भने दोस्रो खेल १४ र तेस्रो खेल १६ गते हुनेछ । नेपाली टोलीले एसिया छनोटको तयारीलाई थप मजबुत बनाउन भारतको दिल्ली यु-१९ टोलीसँग तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेको हो ।
नेपाली यु-१९ टोलीले एसिया छनोटअघि नै अफगानिस्तान यु-१९ टोलीसँग पनि तीन खेलको शृंखला खेल्ने तय छ ।

.gif)