sevenstartv.com २ पुष २०८२, बुधवार

खेलकुद क्षेत्रको बजेट कम छः खेलकुदमन्त्री चौधरी

८ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रका लागि कम बजेट आउने गरेको र यसपल्ट पनि पुरानै खेल बजेटको निरन्तरता हुने देखिएको बताएका छन् । 

सानेपास्थित एक कार्यक्रममा खेलकुदमन्त्रीले चौधरीले नेपालको खेल क्षेत्र विकासका लागि आवश्यक पर्ने बजेट पाउने नसकिएको अवस्थामा आगामी वर्ष पनि पुरानै लगानीले निरन्तरता पाउने उल्लेख गरेका हुन् । मन्त्री चौधरीले यसपल्ट पनि साढे तीन अर्बभन्दा बढी बजेट नरहेको उल्लेख गर्दै त्यसमा पनि धेरै बजेट प्रशासनिक खर्च रहेको बताए ।

कीर्तिपुरको टियु क्रिकेट मैदान वैशाख २४ गतेभित्र सकिने गरी काम भइरहेको मन्त्री चौधरीको भनाइ छ । मन्त्री चौधरीले मादक पदार्थ र सुर्तिजन्य वस्तुहरूमा खेलकुद पूर्वाधार निर्माणमा सहयोग पुग्नेगरी केही प्रतिशत कर लगाइदिए खेलकुद क्षेत्र विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्