अब साँझमा लोडसेडिङ हुन सक्छ छ : मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था अहिलेपनि रहेको बताएका छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरेका हुन् ।
कार्यकारी निर्देशक घिसिङ उद्योगो लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्कको आरोप छ । उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे ।
उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपूर्ति धानिरहहेको बताएका छन् ।








