नेपाल वायू सेवा नियमलाई प्रभावकारी बनाउन निजी क्षेत्रको सुझाव
नेपालमा पर्यटक सहज रुपमा आउने नीति बनाउन सुझाव
काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन उद्योग केन्द्रित पूर्वबजेट छलफल कार्यक्रम गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको गृहकार्य गरिरहेका बेला राजधानीमा भएको पूर्वबजेट छलफल कार्यक्रममा परिसंघका अध्यक्ष राजेश अग्रवालले पर्यटन क्षेत्रमा विकासका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
उनले पर्यटन विकासका लागि नेपाल वायुसेवा निगम बलियो हुनुपर्ने धारणा राखे। वायुसेवा निगम प्रतिष्पर्धी बन्न नसक्दा विदेशी विमान कम्पनीले लाभ लिइरहेका र पर्यटकका लागि नेपाल गन्तव्य निकै महङ्गो बनिरहेको उनको भनाइ छ ।
सीएनआई अध्यक्ष अग्रवालले युरोपका पर्यटक धेरै खर्च गर्ने मध्येमा परेपनि युरोपियन युनियनले नेपाललाई सन् २०१३ देखि हवाई सुरक्षा सूचीमा समावेश गरेदेखि युरोपेली देशसँग सिधा हवाई सम्पर्क टुटेको बताए ।








