sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सशस्त्र प्रहरी विधेयकलाई समितिमा पठाइयो

६ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं ।  ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई दफावार छलफलका लागि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक’लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत सर्वसहमतिले स्वीकृत भएसँगै दफावार छलफलका लागि समितिमा पठाइएको हो ।

यो विधेयक गत माघ १५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने माघ २७ गते सभामा प्रश्तुत भएको थियो ।