sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किँदैन'

६ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किन नसक्ने बताएका छन् । 

बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसद् शर्माले सार्वभौम भइसकेको जनताले राजतत्त्र ल्याउन मुर्खता नगर्न समेत स्पष्ट गरेका हुन् । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने भन्दै निरंकुशतन्त्र र तानाशाहीतन्त्र कदापी हुन नसक्ने दाबी गरे । 

उनले भने, ‘नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको प्रारम्भ कसरी भयो सबैलाई थाहा छ, जब २०५८ जेठ १९ गते दरवार हत्याकाण्ड भयो त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भयो,’ ‘एकातिर वंशनाशसँगै समाप्त भएको राजतन्त्र फर्किँदैन, सार्वजभौम भएका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता गर्दैनन् ।’