कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे संसदमै माफी
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागेका छन् ।
चैत्र ३ गते प्रतिनिधिसभामा नेपालमा पर्यटन विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने उनको अभिव्यक्तिमा चौतर्फी आलोचना भएपछि घिमिरेले प्रतिनिधिसभामै माफी मागेका हुन् ।
‘मेरो अभिव्यक्ति कांग्रेसको आधिकारिक धारणा होइन । मेरो धारणाले माननीय सदस्य र नागरिकको सम्मान गर्दै माफी माग्दछु ।'








