sevenstartv.com २२ मंसिर २०८२, सोमवार

बाँझो जग्गाको समस्या समाधान गर्न नीतिगत सुधारको योजना बनाइ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

५ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँझो जग्गाको समस्या समाधान गर्न नीतिगत सुधारको योजना बनाइ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । 

मंगलबार बसेको समिति बैठकले नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोवास, भूमिहिन सुकुम्वासी, सार्वजनिक तथा हदबन्दी छुट जग्गाको उपयोग तथा संरक्षण तथा संवद्र्धनका समस्या समाधान गर्ने सम्बन्धमा दीर्घकालीन रुपमा नीतिगत सुधारका विषयमा योजना बनाइ कार्यान्वयनमा ल्याउन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । 

गुठी किसानको समस्या समाधान गरी, पीडित किसानको मागको सम्बोधन गर्ने सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायहरुसँग थप छलफल तथा परामर्श गरी कार्य सम्पादन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको समितिले जनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्