राजनीतिक अस्थिरता जनताको लागि अपाच्य हुने महासचिव चन्दको भनाइ
हरेक वर्ष नयाँ सरकार बन्ने परिपाटीले आर्थिक् भार थपिएको जिकिर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताएका छन् ।
झापाको बिर्तामोडमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताएका हुन् । उहाँले हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको बताए ।
उनले जनताको राजश्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरिरहेको बताए । महासचिव चन्दले नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताएका छन् ।








